Dabali News

नेपालद्वारा युएई समक्ष २४८ रनको चुनौती

३० चैत

काठमाडौं । आईसीसी अन्डर-नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) समक्ष २४८ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको हो ।

नेपालका लागि हरि चौहानले सर्वाधिक ६७ रनको योगदान गरे । अविजित रहेका उनले ७४ बल सामना गर्दै ७ चौकाको मद्दतमा ६७ रन बनाए । त्यस्तै भीम सार्कीले ५३ र प्रारम्भिक ब्याट्सम्यान रित गौतमले ४४ रन बनाए ।

नेपालका लागि आरिफ शेखले २७, कप्तान रोहितकुमार पौडेलले १८ र पवन सर्राफले १२ जोडे । युएईका लागि रिसभ मुखर्जीले १० ओभर बलिङ गर्दै ६४ रन खर्चिएर ४ विकेट लिए । मुहम्मद फराजुद्दीले १० ओभर बलिङ गर्दै ५२ रन दिएर ३ विकेट लिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]