Dabali News

मिटरमा नहिँड्ने ट्याक्सीका लागि १०३ मा खबर गर्न आग्रह, कारबाहीमा तीव्रता

६ बैशाख

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही तीव्र पारेको छ ।

महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । उनले भने,‘पहिले दैनिक १५–२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ ।’

मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरिएको छ । ट्याक्सीलाई महाशाखाले ३ हजारदेखि ५ हजारसम्म जरिवाना गर्ने गरेको छ ।

सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जना परिचालन गरिएको स्पष्ट पारे ।  महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै ४ हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]