Dabali News

अष्ट्रेलियन अर्बपतिलाई स्वकीय चाहियो, तलब मासिक ५६ लाख

२९ चैत

काठमाडौं । एकजना धनाढ्यले आफ्नो लागि नयाँ असिस्टेन्ट खोजिरहेका छन् । उनलाई प्रत्येक महिना ५२ हजार डलर अर्थात् ५६ लाख नेपाली रुपैयाँ तलब दिने घोषणा गरेका छन् ।

यसका लागि ती व्यक्तिले विज्ञापनसमेत गरेका छन् । २६ वर्षिय अष्ट्रेलियन अर्बपतिको नाम मैथ्यू लेपरे हो ।
उनले सामाजिक सञ्जालमा जागिरका लागि विज्ञापन गरेका छन् । उनले भनेका छन् उनलाई हरेक समय आफूसँग बस्ने स्वकीय चाहिएको छ ।

उनले मासिक तलब ५६ लाख नेपाली रुपैयाँ मात्र नभइ यातायात, खानपिन र अन्य स्वास्थ्योपचार समेत व्यहोर्ने बताएका छन् ।

उनको यो पोष्ट सामाजिक सञ्जालमा भाइरल भएको छ । जागिरका लागि ४० हजार निवेदन परेका छन् । जसमा करिब ३० हजार महिलाको आवेदन छ ।

उनको ४ वटा कम्पनी छ उनीे ई-कर्मससँग जोडिएका व्यापार हुन् उनको एक हप्ताको कमाई ८५,७६४ हजार डलर रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]