Dabali News

स्वास्थ्य मन्त्रालयले तलब-भत्ताका लागि स्थानीय तहमा पठायो १ अर्ब भन्दा बढी रकम

२९ चैत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ६१ स्थानीय तहमा तलब-भत्ताको लागि १ अर्ब ९ करोड २८ लाख ९५ हजार रुपैयाँ पठाएको छ ।

मन्त्रालयमा ती स्थानीय तहले कर्मचारीलाई तलब-भत्ताको लागि अपुग रकम माग गर्दै निवदेन दिएका थिए । बाँकी ९९ स्थानीय तहबाट पनि अपुग रकम माग भई निवेदन ढिला आएकाले समेट्न नसकेको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।

बाँकी स्थानीय तहको अर्को चरणमा बजेट व्यवस्था हुने बताइएको छ । मन्त्रालयले पहिले स्थानीय तहमा तलब–भत्ताको लागि पठाएको रकम अन्य शिर्षकमा खर्च गर्ने, स्थायी कर्मचारीको लागि पठाएको तलबले करारमा कर्मचारी नियुक्त गर्ने कारणले स्थायी कर्मचारीले तलब नपाएको बताएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]