Dabali News

सर्केगार्डमा सांकेतिक भाषा निः शुल्क 

२९ चैत

काठमाडौं । हुम्लाको सर्केगार्ड गाउँपालिकामा निशुल्क सांकेतिक भाषामा पठनपाठन हुने भएको छ ।

वडा नम्बर ४ स्थित दुल्लीमा कान नसुन्ने नबोल्ने बालबालिकाहरुले सांकेतिक भाषामा निः शुुल्क पठनपाठन गर्न पाउने भएका छन् ।

हुम्ला बहिरा संघको पहलमा उनीहरुलाई उद्धार गरी सांकेतिक भाषाको माध्यमबाट पठनपाठन गरिने हुम्ला बहिरा संघका अध्यक्ष धर्मदत्त फडेराले जानकारी दिए ।

जिल्लाका ७ वटै गाउँपालिका रहेका कान नसुन्ने नबोल्ने (बहिरा) बालबालिकाहरु दुल्लीमा सम्पर्क गर्नसमेत भनिएको छ ।

सांकेतिक भाषाको माध्यमबाट निः शुल्क रुपमा पठनपाठन हुन्छ , खाना लगाउने सम्पुर्ण संस्थाले व्यहोर्न अध्यक्ष फडेराको भनाई छ । वडा अध्यक्षको सिफारिस, बुबाको नागरिकताको एक प्रतिफोटोकपी,बालबालिकाको जन्मदार्ता र बालबालिकाको २ प्रति फोटो र बुबाको १ प्रति फोटो चाहिने भएको छ ।

कान नसुन्ने नबोल्ने बहिरा बालबालिकाहरुलाई दुल्ली आधारभुत विद्यालय सर्केगार्डमा पठनपाठन भईरहेको शिक्षक कृष्ण धामीले बताए । अपाङ्गता प्रकृति अनुसार खेलकुुदको विकासका लागि कार्यक्रमतय समेत हुने भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]