Dabali News

नेपाल सिंगापुरविरुद्ध २१७ रनले विजयी

२९ चैत

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तरगत एसिया क्षेत्र छनोट खेलमा नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो । मलेसियामा भएको खेलमा २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरको टोलीले पनि ३१ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र जोड्न सक्यो ।

नेपालका तर्फबाट पवन सर्राफले ६ ओभरमा ५ ओभर मेडन राख्दै ५ रन मात्र खर्चेर ३ विकेट लिए । कुशल मल्ल र सूर्य तामाङले २-२ र रशिद खानले एक विकेट लिए ।

सिंगापुरका २ खेलाडी रनआउट भएका थिए । नेपालले ठूलो स्कोर बनाउँदा कप्तान रोहितकुमार पौडेलले ९५ र पवन सर्राफले ४७ रनको योगदान गरेका थिए ।

कप्तान पौडेल ५ रनले सतक बनाउनबाट चुके । पुरै ओभर खेलेको भए नेपाली टोलीले ३०० भन्दा पनि बढीको योगफल बनाउन सक्थ्यो । २०१७ को विश्वकप छनोटमा नेपालले सिंगापुरविरुद्धका दुवै खेलमा जित निकालेको थियो । नेपाल पहिलो खेलमा २२ रन तथा दोस्रोमा ४ विकेटले विजयी भएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]