Dabali News

लिबियाबाट नेपाली सैनिक फिर्ता गर्ने कुनै योजना नभएको राष्ट्रसंघको भनाई

२९ चैत

काठमाडौं । संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेको छ ।

संचारमाध्यममा आएजस्तो लिबियाबाट नेपाली सेना फिर्ता गर्ने कुनै योजना नभएको राष्ट्रसंघका प्रवक्ताले समाजिक संजालमा ट्वीट गर्दै स्पष्ट पारेका छन् ।

नेपाली सेना फिर्ता नगर्ने विषयमा नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्क भइरहेको राष्ट्रसंघको भनाइ छ । गृहयुद्ध चर्किएको अफ्रिकी मुलुक लिबियाको राजधानी त्रिपोलीमा खटिएका नेपाली सैनिक तत्काल फिर्ता नहुने नेपाली सेना प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

लिबियामा २ सय ३२ जना नेपाली शान्ति सैनिक छन् । उनीहरू त्रिपोलीस्थित राष्ट्र संघीय मिसनको सुरक्षामा छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग चैत २२ गते भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकुलाई निर्देशन दिएका थिए ।

त्यसपछि राष्ट्रसंघका समर्थन प्राप्त सरकार र लडाकुहरूबीच संघर्ष हुँदै आएको छ । लिबियामा एक सातादेखि संघर्ष जारी छ । त्यस क्रममा कम्तीमा ५६ को मृत्यु भएको छ भने साढे दुई सय जनाभन्दा बढी घाइते भएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]