Dabali News

नेकपाका बझाङ सेक्रेटरी मल्ल गिरफ्तार

२९ चैत्र

धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बझाङ सेक्रेटरी भरत मल्ललाई प्रहरीले गिरफ्तार गरेको छ । बुबाको उपचारमा रहेका मल्लालाई प्रहरीले शुक्रबार बझाङबाट गिरफ्तार हो ।

पुराना कम्युनिस्ट नेता तथा भरतका बुबा धनबहादुर मल्ल दुबै मृगौला फेल भएर बिरामी छन् । बुबाको उपचारको क्रममा धनगढीबाट बझाङ जाँदै गर्दा मल्ललाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

अपहरणशैलीमा गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्‍याए पनि प्रहरीले औपचारिक कुनै प्रतिक्रिया नदिएको भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन् । मल्लको रिहाइको पहल गरिदिन हुन बुबा धनबहादुरले आग्रह गरेका छन् ।

नेकपा सेती ब्यूरोले पनि गिरफ्तारीप्रति आपत्ति जनाउँदै रिहाइको माग गरेको छ ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]