Dabali News

कालिका नगरपालिकामा २५ शैयाको अस्पताल स्थापनाका लागि पहल

५ बैशाख

चितवन । गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।

कालिका नगरपालिका-६ जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका लागि सरकार दृढ रहेको बताए ।

शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको सुरक्षाका लागि इलाका स्तरको प्रहरी कार्यालय स्थापना गर्न सकारात्मक रहेको भन्दै उनले उद्योगको विकासबाट नै देशमा समृद्धि कायम हुने बताए ।

जनता स्वस्थरहे देशले समृद्धि हाँसिल गर्ने भन्दै मन्त्री थापाले स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि गर्दै लैजानुपर्ने बताए ।

नेपालमा स्तरीय स्वास्थ्य सेवा दिन सके उपचारका लागि विदेशीसमेत आउन सक्ने भन्दै उनले उच्चस्तरको स्वास्थ्य सेवामा जोड दिनुपर्ने बताए । कालिका नगरपालिकामा २५ शैयाको अस्पताल स्थापनाका लागि पहल गर्ने पनि बताएका छन् ।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले मन्त्री थापालाई २३ बुँदे माग प्रस्तुत गरे । यसअघि गृहमन्त्री थापाले खैरहनी नगरस्तरीय क्रिकेट प्रतियोगिताको खैरहनी गौचरनमा उद्घाटन गरे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]