Dabali News

विप्लवले ‘दलाल’ घोषणा गरेका ढकालको खानपानमा केपी-प्रचण्ड, बादल-विष्णु चन्द्रागिरीमा

२९ चैत

काठमाडौं । विवादित व्यापारी चन्द्र ढकालको व्यवस्थापनमा (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले मध्यरातसम्म चन्द्रागिरीमा बिताएको खुलेको छ । करछलि र सरकारी सम्पदा नाममा गरी पैसा कमाएर स्वीस बैंकमा राखेको आरोप लाग्दै आएका ढकालले (नेकपा)का दुबै अध्यक्ष, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री बादलसहितका नेताहरुलाई विहीबार रातिसम्म चन्द्रगिरीमा बसाएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली, प्रचण्ड, विष्णु र बादलसहितका नेता तथा मन्त्रीहरुको त्यहाँ गोप्य बैठक समेत बसेको थियो । साँझको खानपान चन्द्रगिरीमै भएको स्रोतको दाबी छ ।

चन्द्रगिरी डाँडोमा ढकालले बनाएको होटलमा उक्त बैठक बसेको र। त्यसको व्यवस्थापन ढकालले नै गरेको बताइएको छ । राष्ट्रपतिदेखि सरकारका उच्च अधिकारीलाई चन्द्रगिरी घुमाउँदै आएका ढकालले एकैपटक सरकार र (नेकपा)को बैठक समेत बसाएका छन् ।

राजनीति नेताहरुलाई प्रभावमा पारेर चन्द्रागिरी डाँडोमा व्यपार गरिरहेको आरोप ढकालमाथि लाग्दै आएको छ । राजनीतिक संक्षरणमा सरकारी सम्पदा तथा जंगल फडानी गरेर केबल कारसहितको भौतिक संरचना बनाएको भन्दै ढकालको आलोचन भइरहेको छ ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ढकालले दलाल घोषणा गर्दै सरकारी सम्पदा कब्जा गर्न नदिने बताउँदै आएको छ । सो पार्टीका महासचिव विप्लवले खुला मंचमा आयोजित जनसभामै ढकालको नामै लिएर ‘दलाल’ घोषणा गर्दै कारवाही गर्ने चेतावनी दिएका थिए ।

केही समय पहिलेमात्रै खोज पत्रकारिता केन्द्रले ढकालले अर्बौं नेपाली रुपियाँ अबैध रुपमा स्वीस बैंकमा लगेर राखेको तथ्य सार्वजनिक गरेको थियो ।

विवादित छविका ढकालको व्यवस्थापनमा प्रधानमन्त्रीसहितको बैठक चन्द्रागिरीमा बसेको भन्दै आलोचना सुरु भएको छ । स्रोतका अनुसार (नेकपा)का महासचिव पौडेलले त्यहाँ घुम्ने र बैठक बस्ने मिलाएका थिए । पौडेल प्रधानमन्त्री निवासको जग्गा आफ्नो नाम गरेको तथ्य सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको बेला अर्को विवादित स्थानमा बैठक बसाएका छन् ।

त्यसको लागि पौडेल विहीबार दिउँसो नै चन्द्रागिरी पुगेको र प्रचण्ड ४ बजे चन्द्रागिरीमा पुगेका थिए भने ४ः३० बजे गृहमन्त्री बादल र प्रधानमन्त्री ५ बजे मात्रै चन्द्रगिरी पुगेका थिए । उनीहरुबीच बेलुकादेखि नै आवासीय बैठक भएको स्रोतले जानकारी दिएको छ । बैठकमा पार्टी एकता र मन्त्री फेरबदलबारे पनि छलफल भएको बताइएको छ ।

चन्द्रागिरी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, नेता बामदेव गौतम, झलनाथ खनाललाई कुनै जारकारी दिइएन ।

त्यसो त एक हप्ता अगाडि मात्रै प्रचण्डले परिवारसहित चन्द्रागिरी पुगेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]