Dabali News

टेलिकमका कर्मचारीबीच एकताः प्रचण्डले संचारमन्त्रीलाई भने- यथार्थ बुझेर मात्रै शब्‍दवाण हान्‍नुस्

२८ चैत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खरो शब्द बोल्नुभन्दा यथार्थलाई बुझेर जवाफ लिनुपर्ने बताएका छन् । एउटै मंचमा रहेका संचारमन्त्री गोकुल बास्कोटातिर संकेत गर्दै प्रचण्डले खरो शब्द बोलेर चर्चामा आउनुभन्दा यथार्थलाई बुझेर जवाफ दिन सुझाएका छन् ।

पूर्वएमाले र माओवादी केन्द्र नकिट कर्मचारी संगठनको एकता घोषणासभालाई सम्बोधन गर्दे प्रचण्डले कर्मचारीका जायज मागहरु आफूलाई अवगत भएको भन्दै समस्या समाधानको लागि पहल भइरहेको बताए ।

“माननीय मन्त्रीजीले खरो शब्दमा राखेपनि म त्यसरी राख्दिन, बरु मैले तपाईँहरुले उठाएका मागहरुलाई सुक्ष्म ढंगले अध्ययन गरेर तपाईँहरुकै हितमा हुने कार्य गर्नेछु । यसका लागि प्रधानमन्त्री ओलीजी तथा संचार मन्त्री बास्कोटाजीसँगै छलफल गर्ने छु” प्रचण्डले भने । उनले खरो शब्द वाण हान्नुभन्दा पनि यथार्थ बुझ्न बोल्नुपर्ने बताए ।

अहिले प्रतिस्पर्धाको जमाना भएभनि टेलिकम सम्बन्धी निर्णय लिनुपूर्व निकै विचार पुर्याउनु पर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले आफुहरुले विगत लामो समय संघर्ष गरेर परिर्वतन गरेपनि वास्तविकरुपमा हुन नसकेकोप्रति दुःख व्यक्त गरे । “राजनीतिक परिवर्तन धेरै संघर्ष गरेर ल्यायौं तर प्राविधिक कुरामा परिर्तन गर्न सकेका छैनौं । यसका लागि हामीले विचार विमार्श गरी छलफल गर्दै अगाडी बढिरहेका छौं” सम्बोधनको क्रममा प्रचण्डले भने ।

सोही कार्यक्रमका विशेष अतिथिकोरुपमा निमन्त्रणा गरिएकासुचना तथा संचार प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता गोकुल बाँसकोटाले सम्बोधनको सुरुमा एकतानै बल निकाल्ने तगत हुने भन्दै आम जनताको टेलिकम बनाउने बताएका थिए ।

एकता कार्यक्रमलाई शुभकामना दिने बक्तहरुको सरकारका कतिपय गलत नीति तथा अब्यवहारिक पक्षको आलोचनाको जवाफमा उनले अन्य कुरामा अल्झिनभन्दा काम गरेर देखाउन पर्ने बताए । टेलिकमले धेरै काम र योजना पूरा गर्नुपर्ने बताउँदै मन्त्री बास्कोटाले भने–“प्याक प्याक माग मात्रै नउठाउनुस् न्ययोचित कुरामा सरकार सधैं साथमै छ ।” उनले अन्य संस्थानको जस्तो कमजोर अवस्था नेपाल टेलिकमको नरहेको, कर्मचारीहरुले मनग्गे तलव तथा पारिश्रमिक पाएको हुँदा धेरै माग राख्न उचित नहुने समेत दाबी गरे ।

“सरकार भनेको हुम्ला जुम्ला, पुर्व पश्चिम सबैतिरका जनताको हो, सबैतिर सबैको समस्या हेर्नु पर्छ, कुनै एक ठाउँको मात्र नभएर काम गर्नुस् बाँकी सरकारले बेहोर्छ ।” साथै उनले केहि मान्छेहरुको मात्रै टेलिकम नभएर आम जनताको टेलिकम बनाउँन २६ प्रतिशत शेयर जनतालाई बाँड्नुपर्ने बताए । मन्त्री बास्कोटाले धारेहात लगाएर बन्दैन नियमावलि विनिमयवलि समयसापेक्ष बनाईन्छ ।”

एकता घोषणाका प्रथम संयोजक लोकबहादुर कटुवालले टेलिकमको जानकारी दिँदै, अहिले धेरै संकटमा रहेको बताउँदै विभिन्न बहानामा टेलिकमलाई कमजोर पार्न खोजेको अरोप लागए । “पहिले हामीले फोरजी सेवा संचालन गरेका हौं तर प्रतिस्पर्धी कम्पनीले ९ महिनापछि अनुमति पाएर पनि २२ ठाउँमा सेवा विस्तार गरेको छ । तर, टेलिकमलाई अबरोध जारी छ” कटुवालले बताए । उनले ८७ बुँदे सहमति हुबहु लागु नभए जुनसुकै कदम चाल्न बाध्य हुने समेत हुने चतावनी दिए ।

नेपाल टेलिकम इम्पोल्यज युनियनका अध्यक्ष धिरेन्द्रप्रसाद दत्तले नेपाल टेलिकम स्वयत्त कम्पनी भन्ने तर एउटै कानुन फरक–फरक किसिमले लागू गरिएको भन्दै आपत्ति जनाए । उनले आफूसँग २० अर्बको प्रोजेक्ट रहेको तर सरकारलाई ४० अर्ब कर तिर्नुपर्ने भनिएको दाबी समेत गरे । “यो रकम टेलिकमले तिर्न सक्दैन, हामीसँग कुनै आधार छैन् । टेलिकममा कर्मचारीलाई तलब दिन सक्ने स्थिति समेत छैन” दत्तले भने ।

घोषणा कार्यक्रममा टीन छात्रछात्रावृति एंव आचार्य मनरुपा सुमन्तबहादर स्मृति पुरस्कार एसईईमा सर्वोउत्कृष्ट नम्बार ल्याउने १–१ जना छात्रछात्रालाई दिने पुरस्कार राशी छात्र विपुल ज्ञावली र छात्रा मनिका चौधरीलाई प्रदान गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]