Dabali News

हुम्लाको सिमकोटमा म्याद नाघेका खाद्यवस्तु नष्ट

२८ चैत

हुम्ला । सदरमुकाम सिमकोटमा म्याद गुज्रेका सामान बेच्ने गरेको पाइएको छ ।

जिल्ला बजार अनुगमन समितिले बिहीवार गरेको अनुगमनमा पाइएका म्याद गुज्रेका खाद्यवस्तु नष्ट गरिएको हो ।

समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार बजार अनुगमनमा २-३ वर्ष पुराना खाद्यवस्तु पाइएका हुन् ।

सम्बन्धित निकायबाट नियमितरूपमा अनुगमन नगर्दा यस्तो भएको स्थानीय व्यापारीले बताएका छन ।

बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्री वितरण भइरहेको जनगुनासो बढेपछि सिमकोट बजारमा रहेका पसल र होटलहरूमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा भुजा, मसला, सुर्ती जन्य बस्तु, चिजबल, चक्लेट र बिस्कुट लगायत खाद्यवस्तु म्याद नाघेको अवस्थामा फेला परेका छन् ।

स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्यवस्तुको बिक्री वितरण गर्ने गरेको पाइएकाले ब्यक्तिहरूलाई सचेत गराउँदै उक्त सामान जफत गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताएका छन् ।

सदरमुकाम सिमकोटका १६६ वटा पसल र होटलको अनुगमन गरिएको छ । जसमा ६६ वटा पसल र ४८ वटा होटलहरू आन्तरिक राजश्व कार्यालयमा दर्ता भएका र ६२ वटा पसलहरू आन्तरिक राजश्व कार्यालयमा दर्ता नभएका छन् ।

दर्ता नभएका पसलहरूलाई १५ दिन भित्र दर्ता गराउन अनुगमन टोलीले निर्देशन दिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]