Dabali News

‘सशस्त्र प्रहरीको मुख्य दायित्व सीमा सुरक्षा हो, हामी सतर्क र सक्षम छौं’ (फोटो फिचर)

२८ चैत्र

नवलपरासी । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षकक् (एआइजी) पुष्पराम केसीले आफ्नो संगठनको मुल दायित्व सीमा सुरक्षा भएको बताउँदै सतर्क र सक्षम रहेको बताएका छन् । पछिल्लो समय सशस्त्र प्रहरीको ध्यान सीमामा केन्द्रीत गरेको उनले बताए ।

आइतबार नवलपरासीको बर्दघाटस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालयद्वारा संचालित २२६ औं ब्याच आधारभूत तालिमको दिक्षान्त समारोहलाई सम्वोधन गर्दै केसीले सीमा सुरक्षा संवेदनशील भएको बताएका हुन् ।

कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख समेत रहेका केसीले विगतदेखि नै नेपालको सिमाना बढी संवेदनशील बनिरहेकोले त्यसप्रति सशस्त्र प्रहरी निकै सतर्क भएको जानकारी दिँदै भने, “तपाईँहरुले देखिराख्नु भएको छ, अन्य क्षेत्रमा जस्तै सिमानामा यो बल निकै प्रभावकारी र अब्बल बन्दै गएको छ ।”

“महाविपत्तीः भुकम्प, बाढी–पहिरो, निर्बाचन, अन्तरिक सुरक्षा, दंगाफसादमा पनि हामीले सक्षमता प्रस्तुत गरेका छौं” कार्यक्रमका प्रमुख अतिथि केसीले भने । उनले स्थापना कालबाटै सशस्त्र प्रहरी बल राज्यले दिएका हरेक जिम्मेवारीमा कुशलता प्रदर्शन गर्दै आएको स्मरण समेत गरे ।

एआइजी केसीले शिक्षार्थीहरुको कवाजलगायतका प्रदर्शनको अवलोकन पश्‍चात, उत्कृष्टता र निखारता झल्किएको भन्दै, सीमा सुरक्षा तालिम शिक्षलयको पनि प्रशंसा समेत गरे । प्रशिक्षर्थीहरुलाई हौसला बढाउदै केसीले अगाडि भने “यो मेहनतलाई नेपाल र नेपालीको सुरक्षाको लागिमात्रै नभएर मानव अधिकारको रक्षार्थ कार्य क्षेत्रमा सफलता हसिल गर्नु हुनेछ भन्ने बिस्वास लिएका छौं ।” उनले सीमा सुरक्षा तालिम शिक्षालयले आधारभुत मात्र नभएर विशेषरुपले सक्षम तथा उत्किृष्ट सिमा रक्षक उत्पादन गर्ने गरेकोमा धन्यवाद समेत दिए ।

त्यस्तै सो समारोहलाई सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक शम्भु सुबेदीले राष्ट्र र राष्ट्रियताको निम्ति सशस्त्र प्रहरी अब्बल सुरक्षा अंगको रुपमा जनजनमा स्थापित हुँदै गएको धारणा व्यक्त गरे । सशस्त्र प्रहरीले सीमामा देखाएको राष्ट्रियता र स्वाभिमानप्रति इमान्दारिता कारण जनतको मन जित्न सकेको सुवेदीले भने  ।

सो तालिम शिक्षालयका समादेशक समेत रहेका सुवेदीले अनुशासित, दक्ष एबं पेशागत जनशक्ति नै फौजी संगठनको मुलजग रहेको कुरा उल्लेख गर्दै, ३७ हप्ता अवधीभर प्रशिक्षार्थिहरुलाई शारिरीक, हतियार अनि युद्धकला सम्बन्धित तालिममा मात्रै सिमित नराखेर समयको मागअनुसार मानव अधिकार, कानुन्, नक्सा अध्ययन, सीमा सुरक्षा तथा सशस्त्र प्रहरी, बल नेपाल सम्बन्धीत ब्यवहारिक तथा सैदान्तिक विषहरुको समेत प्रशिक्षण दिएको जानकारी दिए ।

समादेशक सुबदीले मानव जीवनमा रक्त संचारको जस्तै फौजी जीवनमा तालिमको अति नै महत्व रहेको र कडा परिश्रम र मिहिनेतका साथ सफल भएका आफ्ना प्रशिक्षर्थीहरुलाई भने,“सायद तपाईँहरुले जीवनको सबैभन्दा कठिन परिक्षा पास गर्नु भएको छ, यसमा हाम्रो पनि ठूलो मेहनत छ, यसलाई राष्ट्र, राष्ट्रियता, सीमाना अनि नेपालीको सुरक्षाको खातिर एकरति पनि पछि नहटिकन हाम्रो संगठनको प्रतिष्ठा अनि राष्ट्रको गौरव बढाउनु हुनेछ शुभकामना ।”

सो तालिममा १ सय २० महिला तथा १ सय ८० पुरुष गरी ३ सय जना प्रशिक्षार्थीहरु सहभागि भएका थिए । तर, ३२ जना चरणझरी (रेलिगेशन)मा परेको शिक्षालयले जानकारी दिएको थियो । त्यसैगरी १ सय महिला तथा १ सय ६८ जना पुरुष गरी २ सय ६८ जना प्रशिक्षर्थी दिक्षित भएर सोही मितिबाटै कार्यक्षेत्रमा प्रवेश गरेका थिए ।

तालिम अवधीभर विविध पक्षमा उत्कृष्ट हुने सशस्त्र प्रहरी जवानहरु मोहन डाँगी, राधीका तिमल्सिना, दिपु केएम, लिलावती तामाङ्ग, शेरबहादुर सिंजाली मगर, श्यामकुमार श्रेष्ठ, गोविन्द विक, उस्मिता गुरुङ्ग, निमबहादुर विसी, देबबहादुर पुन मगर, विवेक पौडेल, सरस्वती भण्डारी गरी १२ जनालाई प्रमुख अतिथि केसीले पुरस्कार वितरण गरेका थिए ।

सो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय तहका जनप्रतिनिधिहरु, नेपाल सरकारका जिल्लास्थित निजामती सेवाका प्रमुख, नेपाली सेना नं.२२ बाहिनीपती तथा सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यवासिनी वाहिनी मुख्यालयका वाहिनीपति, नेपाल प्रहरीका प्रदेश प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकको पनि उपस्थितिमा दिक्षान्त समारोह सम्पन्न भएको थियो ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]