Dabali News

३३४ सांसदको भिडियो बायोग्राफी बनाउन शुरु

२८ चैत

काठमाडौं । संघीय संसदले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदको ‘भिडियोबायोग्राफी’ बनाउन शुरु गरेको छ ।

सबै सांसदहरूको व्यक्तिगत तथा राजनीतिक जीवन, विगतको राजकीय जिम्मेवारी, दक्षता, विज्ञता, रुचि र सामाजिक जिम्मेवारी तथा सम्मानसहितको बायोग्राफी बनाउन सुरु गरेको हो ।

सांसदहरूकै आवाजमा बन्ने भिडियो ३ देखि ५ मिनेटसम्मको हुने छ । संघीय संसद भवनकै सुविधान सम्पन्न स्टुडियोमै सांसदहरूलाई बोलाएर बायोग्राफी रेकर्ड गर्न थालेको छ ।

संसद सचिवालयका अनुसार हालसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभाका ८८ सांसदहरूले आफ्नो अभिलेखीकरण दर्ता गराइसकेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वगृहमन्त्री भीम रावल, पूर्वसभामुख ओनसरी घर्ती, महिला तथा बालबालिकामन्त्री थममाया मगरले रेकर्ड गरिसकेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको पनि भिडियोबायोग्राफी रेकर्ड गराएका छन् । सबैलाई जानकारी दिइसकेकोले सकभर त्यहीं आउने यदि कुनै कारणले आउन सकेनन् भने निवासमै गएर भए पनि रेकर्ड गर्ने बताइएको छ ।

सांसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी ओलीले वैशाख पहिलो साताभित्र आउने आश्वासन दिएका छन् । तीन महिनाभित्र सबै काम सक्ने योजना रहेको र त्यसपछि संघीय संसदको वेबसाइटमा सार्वजनिक हुने छ ।

संसदकै जनशक्ति उपयोग गरेर काम भइरहेको उपसभामुख तुम्बाहाम्फेले जानकारी दिईन् हाल सांसदहरूको परिचय पुस्तक पनि छ । पुस्तकमा सामान्य परिचयबाहेक सांसदहरूको पूर्ण विवरण नभएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले बताए ।

उनले भने,‘२०४६ पछिका सांसदका केही सामान्य परिचयसहितको रेकर्ड छ, डिटेलमा छैन, संसदीय संग्रहालय बनाउन खोज्दैछौं,’ ‘अब ०४६ सालअघिको विवरण पनि चाहिन्छ ।’ पहिलो र दोस्रो संविधानसभाका सभासदको सम्पूर्ण विवरण वेबसाइटमा राखिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]