Dabali News

उत्तर कोरियाको अपहरणमा परेकी अभिनेत्री चोईको निधन, दक्षिण कोरियाभर शोक

५ बैशाख

काठमाडौँ । उत्तर कोरियाले अपहरण गरेको दक्षिण कोरियाली अभिनेत्री चोई इयुन-हीको निधन भएको छ ।

उत्तर कोरियाले कुनै बेला अपहरण गरेर राज्यका लागि चलचित्र बनाउन बाध्य बनाइएकी चोईको ९१ वर्षको उमेरमा निधन भएको हो ।
उनको दक्षिण कोरियास्थित एक अस्पतालमा सोमबार दिउँसो निधन भएको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

‘आज (सोमबार) दिउँसो मृगौला डायलसिस गर्न अस्पताल गएकी मेरी आमाको अस्पतालमै निधन भएको छ,’ चोईकी जेठा छोरा निर्देशक सिन जेयोङ–ग्युनलाई उद्धृत गर्दै समाचार एजेन्सी योन्हापले जनाएको छ ।

उत्तर कोरियाका तत्कालीन शासक किम जोङ-इलले सन् १९७० को दशकमा चोईलाई अपहरण गर्न आदेश दिनुपूर्व उनी दक्षिण कोरियाकी चर्चित अभिनेत्री थिइन् । उनका पूर्वपती प्रख्यात चलचित्र निर्देशक जो उनी अपहरणमा परेको केही महिनापछि उत्तर कोरियाकै अपहरणमा परेका थिए उनी भने त्यहाँबाट केही समयपछि भाग्न सफल भएका थिए । उत्तर कोरियाले भने चोई दम्पतिले आफ्नो देशमा शरण लिएको भन्दै उनीहरुलाई अपहरण गरेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ ।

उत्तर कोरियाको अपहरणमा परेका चोई र उनका तत्कालीन पति सिन साङ-ओके त्यसपछि दक्षिण कोरियाको अत्याधिक चर्चित निर्देशक तथा कलाकार बनेका थिए । सन् १९७० को दशकमा चोई दम्पत्तिले सम्बन्ध विच्छेद गरेपछि भने चोईको फिल्म करियर ओरालो लागेको थियो ।

करियर ओरालो लागेकै बेला चोईसामु एक जना हङकङ व्यापारीका रूपमा आएका मानिसले चलचित्र बनाउने एउटा कम्पनी खोल्ने र त्यसले उनको फिल्म करियरको भाग्यलाई चम्काउन सक्ने प्रस्ताव अगाडि सारेका थिए ।

‘किम जोङ–इल प्रोडक्सन’ पुस्तकका अनुसार उनलाई हङकङ जानका लागि मनाइएको थियो । उनी हङकङमै रहेका बेला एक पटक पुरुषको समूहले उनीमाथि गम्भीर रूपमा धरपकड गरेको थियो । धरपकडमा परेको आठ दिनपछि उनी उत्तर कोरियाको राजधानी प्योङयाङस्थित एउटा सुविधासम्पन्न भिल्लामा निरन्तर सुरक्षा घेराभित्र थिइन् ।

सम्बन्ध विच्छेद गरिएको भएपनि सिन र उनकी पूर्वपत्नी चोईबीच नजिकको सम्बन्ध रहेको थियो । हङकङमा रहँदा सिन पूर्वपत्नी चोईलाई भेट्न गएका थिए । उनी पनि पछि उत्तर कोरियाको अपहरणमा परेका थिए ।

किम जोङ–इल चलचित्रप्रति अत्यन्तै आकर्षित थिए र हलिउड चलचित्र हेर्न सौखिन थिए । चोई दम्पत्ति उत्तर कोरियामा बसे आफ्नो देशको चलचित्रले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने विश्वास थियो । उत्तर कोरियामा बसेको आठ वर्षपछि चोई दम्पत्तिले आठ वर्षपछि विश्वास जितेसँगै उनीहरुलाई आफ्ना चलचित्रका प्रचार गर्ने अस्ट्रियाको भियना जान दिइएको थियो । भियनामा रहँदा दम्पत्तिले त्यहाँस्थित अमेरिकी दूतावासमा राजनीतिक शरण लिए र त्यसको केही वर्षपछि उनीहरुले दक्षिण कोरिया फर्के । निर्देशक तथा अभिनेत्री चोईका पति सिनको भने सन् २००६ मै मृत्यु भएको थियो ।

चोई दम्पत्तिको विचित्रको कहानी विश्वभरका दर्शकको ध्यानमा प¥यो । अपहरणमा परेर उत्तर कोरिया र्पुयाइपछिको चोई दम्पत्तिको जीवनीबारे सन् २०१६ मा ‘द लभर्स एन्ड द देस्पट’ नामक चलचित्र प्रिमियर गरिएको थियो । अभिनेत्री चोईको निधनलाई लिएर दक्षिण कोरियाभर शोक मनाइएको छ ।

‘म विद्यालयमा रहँदा म उनको चलचित्र हेर्न गएको थिएँ,’ ८२ वर्षीया अभिनेत्री उम एइर्ङ यानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘उनको अभिनय देखेपछि मैले कलाकार बन्ने निर्णय लिएको थिएँ,’ उनले बताइन् । अभिनेत्री चोईको दक्षिण कोरियाको राजधानी सोलमा बिहीबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]