Dabali News

सुदूरपश्चिम विश्वविद्यालयमा नेविसंघको अनिश्चितकालिन तालाबन्दी

२७ चैत

काठमाडौं । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी लगाइएको छ ।

पदाधिकारी नियुक्ती गरिएको विषयलाई लिएर नेविसंघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो ।

३ महिना देखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाइरहेको अवस्थामा सरकारले गरेको निर्णयले विश्वविद्यालयको स्वायत्तता र सुदूरपश्चिम विश्वविद्यालयको ऐन नियमको अवमूल्यन गर्दै सर्वसत्तावादको चरित्र उदाङ्गो पारेको ठहर छ, नेविसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारको निर्णयले एकै विश्वविद्यालयको उपकुलपतिमा २ जना नियुक्त गर्नुले सरकार शिक्षा क्षेत्रप्रति कति उदासिन रहेको छ भन्ने छर्लङ्ग भएको नेविसंघले जनाएको छ ।

सरकारले आफ्नो गैर कानुनी निर्णय नसच्चाएसम्म आफूहरुको आन्दोलन जारी रहने र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला नखोलिने निर्वतमान केन्द्रीय सदस्य तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय समिति संयोजक कैलाश चन्दले जानकारी दिए ।

उनले वर्तमान उपकुलपतिको पदावधि बाँकी रहदै सरकारले उपकुलपति नियुक्त गरेको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनका अनुसार वर्तमान उपकुलपति डा.भुषण श्रेष्ठको पदावधि नसकिदै सरकारले प्रा.डा.पूर्णबहादुर चन्दलाई उपकुलपतिको जिम्मेवारी दिएर नियुक्त गरेपछि नेविसंघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएको बताए ।

विश्वविद्यालय स्रोतका अनुसार अहिले सरकारले विश्वविद्यालयका उपकुलपति सहितका पदाधिकारीलाई काम गर्न रोक लगाएको छ । उनीहरुलाई बर्खास्त भने गरेको छैन । वर्तमान उपकुलपतिको पदावधि आगामी भदौमा र रजिष्टारको पदावधि आगामी माघमा सकिदै छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]