Dabali News

बर्डफ्लु संक्रमित फार्मका कुखुरा नष्ट

२७ चैत

काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका-१ तर्खगालमा रहेको अनुस्कृत पोल्ट्रि फार्ममा बर्डफ्लु संक्रमण पाइएको छ ।

संक्रमण पुष्टि भएपछि विज्ञसहितको टोलीले संक्रमित क्षेत्रमा पुगेर कुखुरा नष्ट गरेको छ ।

भेटनरी अस्पातल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका वरिष्ठ पशु विकास अधिकृत नारायण श्रेष्ठसहित १० जनाको टोलीले करिब डेढ हजार कुखुरा नष्ट गरेको हो ।

मधुराम न्यौपानेले संचालन गरेको फर्मका कुखुरामा बर्डफ्लु भेटिएको हो । केही दिन आगाडि पनि भक्तपुरमा बर्डफ्लु संक्रमण पाइएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]