Dabali News

दाङका जनप्रतिनिधिलाई नेकपाको कडा चेतावनीः प्रहरी उचाल्नेलाई छोड्दैनौं

४ बैशाख

दाङ । नेपाल कम्युनिष्ट पार्टी दाङले जनप्रतिनिधिहरुले प्रहरीलाई भड्काउने काम गरेको भन्दै कडा चेतावनी दिएको छ ।

नेकपा दाङका सेक्रेटरी विक्रमले विज्ञप्ति जारी गरेर जिल्ला पार्टी सदस्य विकास ओली र इश्वरी पाण्डेलाई सोमबार तुलसीपुरबाट प्रहरीले प्रहरीले गिरफ्तार गरेको भन्दै सत्सर्ना गरेका छन् । प्रहरीले विना कारण आफ्ना जिल्ला नेता गिरफ्तार गरेको भन्दै सेक्रेटरी विक्रमले मंगलबार एक विज्ञप्ति जारी गरेर आफ्ना दुई नेतालाई विना कारण प्रहरीले गिरफ्तार गरेको बताउँदै रिहाईको माग गरेका छन् ।

“हामी यो गैरकानुनी र अन्यायपूर्ण गिरफ्तारीको घोर भत्र्सना र निन्दा गर्दछौं र गिरफ्तारी साथै दुबै जनालाई विनासर्त रिहाइ गर्न माग गर्दछौं” विक्रमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एकिकृत जनजागरण अभियानको क्रममा ओली र पाण्डेलाई प्रहरीले गरिफ्तार गरेको नेकपा दाङले बताएको छ ।

गिरफ्तार नेताहरुलाई रिहा नगरे आन्दोलनमा जान बाध्य हुने चेतवनी समेत सेक्रेटरी विक्रमले दिएका छन् । जिल्ला बन्दलगायतका संघर्षका कार्यक्रमबाट उत्पन्न परिस्थितिका जिम्मेदार प्रहरी प्रशासनलाई भड्काउने जनप्रतिनिधि समेत हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]