Dabali News

मापसेलाई २५ हजार जरिवाना गर्नुपर्छ : ट्राफिक प्रहरी

४ बैशाख

काठमाडौँ । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी-साधन चलाउनेलाई २५ हजार जरिवाना गर्नुपर्ने बताएको छ ।

पछिल्ला दिनमा भने ट्राफिक अभियान सुस्ताएको छ । महानगरीय ट्राफिक महाशाखाले वि.सं.२०६८ साल वैशाख १७ गतेदेखि मापसे चेकिङमा कडाइ गरेको हो ।

यो अभियानसँगै मादकपदार्थ सेवनबाट हुने दुर्घटनामा कमी आएको छ भने राजश्व संकलनमासमेत वृद्धि भएको छ । मापसे गरेर सवारी चलाउनेलाई एक हजार रुपैयाँ जरिवानादेखि सवारीचालक अनुमतिपत्रमा प्वाल पार्ने र खारेजी गर्नेसम्मको सजाय छ ।

महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले यो जरिवाना पर्याप्त नभएको बताए । उनले मापसे गरी सवारी चलाउनेलाई २५ हजार रुपैयाँ जरिवानाको व्यवस्था गर्नुपर्ने बताए ।

महाशाखाले दिएको तथ्यांकअनुसार २०६८ सालदेखि २०७४ चैत मसान्तसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउने २ लाख ६१ हजार १५० सवारीचालक कारबाहीमा परेका छन् । जसमध्ये २ लाख ५९ हजार ६१२ पुरुष र १ हजार ५३८ जना महिला रहेका छन् ।

मापसेमा परेकाहरुबाट २३ करोड ७२ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको तथ्यांक छ । मापसे गरी सवारी चलाएर हुने दुर्घटनाको संख्या भने कम भएकोे बताईन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]