Dabali News

युवा संघ औपचारिक रुपमै फुट्‍यो, ४ बजे पत्रकार सम्मेलन, एमाले-माके एकतामा धक्का

४ वैशाख

काठमाडौं । माओवादी केन्द्रसँग एकताको लागि छलफल जारी रहेको बेला नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालमा औपचारिक रुपमा विभाजन भएको छ ।

नेता माधवकुमार नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेको हो । अध्यक्ष राजीव पहारी, पूर्वअध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै समानान्तर कमिटी गठनको निर्णय भएको सचिव नरेश शाहीले बताए । उनले युवा संघलाई राजनीतिक संगठन भन्दा लुटीखाने भाँडो बनाएर चलाएको विभाजन गर्नु परेको बताए ।

पहारीले मनपरी रुपमा संगठन चलाएको भन्दै उपाध्यक्ष पन्त पक्षले लामो समयदेखि अन्तरसंघर्ष गर्दै अाएको थियो । पन्त नेता नेपाल समूहको नेतृत्व गर्दै अाएकी थिइन् ।

पहारी समूहले पेलेर संगठन चलाउने, व्यक्तिवादी चरित्रको हावी गराउने गरेर सरकारलाई असफल बनाउने षडयन्त्र पनि गरिरहेकोले अाफूहरु छुट्टै संगठन बनाउन बाध्य भएको सचिव शाहीले बताए ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन भन्दै एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला युवा संघ औपचारिक रुपमा विभाजन भएको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]