Dabali News

पहिलो पटक प्रदेश नं.७ मा कोल्ड स्टोर निर्माण हुँदै

४ बैशाख

कैलाली । अत्तरियामा सुदूरपश्चिमकै पहिलो कोल्ड स्टोर निर्माण हुँने भएको छ ।

गोदावरी नगरपालिका, रिज्म एफ्पी र व्यापारीहरुको लगानीमा कोल्ड स्टोर निर्माण गर्न लागिएको हो । कोल्ड स्टोर निर्माणपछि यस क्षेत्रका किसान र व्यापारीलाई सहज हुने छ ।

तरकारी र फलफूल भण्डारनका लागि समस्या रहेको प्रदेश नम्बर ७ मा एक करोड ६१ लाख रुपैयाँको लागतमा कोल्ड स्टोर निर्माण हुने भएको हो ।

अत्तरिया कृषि उपज थोक बजार समितिले कैलालीको अत्तरियामा कोल्ड स्टोर निर्माण गर्दै छ । उक्त कोल्ड स्टोरमा २ सय ९४ मेट्रिक टन तरकारी र फलफूल भण्डारन गर्न सकिने समितिले जनाएको छ ।

तरकारी तथा फलफूल भण्डारनका लागि कोल्ड स्टोर निर्माणमा रिज्म एफ्पीको ४२ लाख र गोदावरी नगरपालिकाको ४० लाख र बाँकी ब्यापारीको लगानीमा कोल्ड स्टोर निर्माण हुँदै छ ।

प्रदेशको विभिन्न जिल्लाका किसान, व्यापारी र उपभोक्तालाई फाइदा हुने कृषि उपज थोक बजारमा ब्यापार गर्दै आएका केशव पन्तले बताए । उनले कोल्ड स्टोर नहुँदा उत्पादन भईरहेको तरकारी किसानका खेतमै कुहिने बताए ।

प्रदेश नं.७ को कञ्चनपुरमा आलु भण्डारन गर्ने कोल्ड स्टोर रहेपनि तरकारी तथा फलफूल राख्न सकिने गरी अहिलेसम्म कोल्ड स्टोर थिएन । कोल्ड स्टोर नहुँदा किसानले उत्पादन गरेको तरकारी सुरक्षित गर्न समस्या रहेको बताईन्छ ।

ब्यापारीहरुले काठमाडौंबाट ल्याएको फलफुल स्टोर नुहँदा उपभोक्तासम्म नपुग्दै कुहिने गरेको थोक ब्यापारी हरीदत्त भट्टले बताए । तरकारी तथा फलफुल बर्षेनी कुहिने समस्याबाट हैरान बनेका किसानहरु कोल्ड स्टोर निमार्ण हुने भएपछि खुसि भएका छन् ।

उनीहरुले सरकारसँग किसानको सजिलोका लागि बिभिन्न जिल्लामा कोल्डस्टोर निमार्णको माग समेत गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]