Dabali News

सगरमाथाको उचाइ नाप्न जाने टोलीलाई प्रधानमन्त्रीले गरे विदाई

२७ चैत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जाने टोलीलाई आज बिदाइ गरेका छन् ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट ४ जना कर्मचारीको टोली आज त्यसतर्फ जाँदैछ ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल जाने भएका छन् । टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना रहेको छ ।

आज बिहान आयोजित शुभकामना तथा विदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए ।

उनले भने,‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला, तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।’
उनले टोलीलाई लक्ष्य हाँसिल गर्नका लागि शुभकामना दिए तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न सुझावसमेत दिए । ‘लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस् । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘गाइडको निर्देशन पालना गर्नुहोला ।’

सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको उनको भनाइ छ । सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]