Dabali News

नेपाल युएन वुमन कार्यकारी बोर्डको सदस्यमा निर्वाचित

४ बैशाख

काठमाडौँ । लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ ।

आगामी सन् २०१९-२०२१ का लागि नेपाल उक्त पदमा निर्वाचित भएको राष्ट्र संघका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

सन् २०१० मा संस्था स्थापना भएयता पहिलो पटक नेपाल बोर्ड सदस्यमा निर्वाचित भएको हो ।

नेपालसहित बंगलादेश, भारत, मंगोलिया र साउदी अरेबिया पनि एशिया-प्रशान्त क्षेत्रबाट निर्वाचित भएका छन् । आगामी ३ वर्षका लागि विज्ञान तथा प्रविधि आयोगका सदस्यमा पनि नेपाल निर्वाचित भएको छ । उक्त आयोगमा एशिया-प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, थाइल्याण्ड र इरान निर्वाति भएका छन् ।

गोप्य मतदान भएको ५४ सदस्यीय राष्ट्रसंघीय आर्थिक सामाजिक परिषदमा नेपालले ५२ मत प्राप्त गरेको उक्त नियोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]