Dabali News

नेकपाको बन्दले पूर्वी नेपाल ठप्प, एक दर्जन सवारी साधनमा अागजनी 

४ बैसाख

काठमाडौं । केन्द्रीय सदस्य किरण राईलगायतका नेताहरुको गिरफ्तारीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले अाज पूर्वी नेपाल ठप्प पारेको छ ।

मंगलबार विहानैदेखि जनकपुर, सगरमाथा, कोशी र मेचीका सम्पूर्ण जिल्लाहरु ठप्प छन् । बन्दको अवज्ञा गरेको भन्दै विभिन्‍न ठाउँहरुमा सवारी साधानहरु अाजगनी गरिएका छन् ।

काठमाडौंबाट काकरभिट्टा जाँदै गरेको यात्रुबाहक रात्री बसलाई पूर्व-पश्चिम राजमार्गको काने पोखरीमा आगजनी भएको छ । त्यसैगरी सुन्धहरिचामा एउटा मिनि ट्रक र अर्को ट्रिफरमा आगजनी भएको छ भने मोरङ बेलबारीमा २ वटा ट्रकमा आगजनी भएको छ ।

मोरङ उता उर्लाबारीस्थित राजमार्गमा बन्द कर्ताले टायर बालेर राजमार्ग अवरूद्ध गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी र मोरङको सिमानामा पर्ने बुडी खोलाको पुलमा बम भेटेपछि सो सडक अवरुद्ध भएको छ ।

घटनास्थल गछिया बजार अहिले प्रहरीको नियन्त्रणमा छ ।

बम निष्क्रिय पार्न सेनाको टोली त्यसतर्फ गइरहेको छ ओली सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएपछि नेकपा त्यसको बिरोधमा उत्रिएको छ भने चरणबद्धरुपमा आन्दोलनको घोषणा समेत गरेको छ ।

यसअघि बन्दको पूर्वसन्ध्यामा नेकपाले सोमबार साँझ पूर्वी नेपालका विभिन्न जिल्लामा मशाल जुलुश निकालेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]