Dabali News

आईपीएलमा कोलकाताको सानदार जित

४ बैशाख

काठमाडौँ । इण्डियन प्रियिमर लिग अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २०० रन बनाएको थियो । २०१ रनको लक्ष्यसहित व्याटिङ सुरु गरेको दिल्ली डेयरडेभिल्स १४ ओभर २ बलमा अलआउट हुँदै १२९ रन मात्र बनायो ।

दिल्लीका लागि म्याक्सवेलले २२ बलमा ४७ र रिसब पन्तले २६ बलमा ४३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । लिङतर्फ सुनिल नराइन र कुलदिप यादवले ३-३ विकेट लिए ।

यसअघि सुरुमा व्याटिङ गरेको कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५९ रनको योगदान दिए । ३५ बल सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरेक थिए । बलिङतर्फ राहुल टेवाटियाले तीन विकेट लिए भने । ट्रेन्ट बोल्ट र क्रिश मोरिसले समान २-२ विकेट हात पारे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]