Dabali News

चिकित्सकको आन्दोलनप्रति मानवअधिकार आयोगको आपत्ति, स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आग्रह

२६ चैत

काठमाडौं । सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालको सेवाप्रवाह बन्द हुँदा नागरिकको स्वास्थ्यसम्बन्धी अधिकार हनन् भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ ।

आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै आयोगले सरकारी अस्पतालका आकस्मिकबाहेकका सेवा ठप्प हुँदा घाइते तथा बिरामीहरुको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको भन्दै आपत्ति जनाएको हो ।

पेसागतरुपमा देखिएका असन्तुष्टिलाई वार्ताको माध्यमबाट हल गर्न दुवै पक्षलाई आग्रह गर्दै स्वास्थ्य सेवा तत्काल सुचारु गर्नुपर्ने आयोगको सुझाव छ ।

विगत पाँच दिनदेखि सरकारी चिकित्सकको आन्दोलनका कारण मुलुकभरका सरकारी अस्पतालको सेवा प्रभावित छ । संघीय सरकारले गरेको कर्मचारी समायोजनको विरोधमा सरकारी चिकित्सक संघ (गोदान) ले गरेको आह्वानअनुसार चिकित्सकहरुले सेवा बहिस्कार गरेका छन् ।

सरकारी चिकित्सकको आन्दोलनका कारण ७७ जिल्लाका जिल्ला अस्पताल, १० अञ्चल अस्पताल, चार ओटा क्षेत्रीय र उपक्षेत्रीय तथा पाँच ओटा केन्द्रीय अस्पतालको सेवा प्रभावित बनेको छ । देशभर झन्डै एक हजार ४ सय सरकारी चिकित्सक रहेका छन् ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]