Dabali News

गरिब नागरिकको नि : शुल्क बीमा

२६ चैत

काठमाडौं । सरकारले गरिब नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिब नागरिकलाई पनि एक लाखको नि : शुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका हुन् ।

नेपाल आँखा अस्पतालको ४५ औँ वार्षिक साधारण सभालाई आज (मंगलबार) काठमाडौंमा उदघाटन गर्दै उनले सरकारले सबै नागरिक स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर संचालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिए ।

सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरूलाई एक लाखको नि  : शुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । अब गरिब नागरिकको पनि नि : शुल्क स्वास्थ्य बीमा दिने बताए ।

उनले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरूको पनि सहयोगको अपेक्षा गरिएको बताए । नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पुर्याउन सरकार लागि परेको बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]