Dabali News

सिरियामा ९ जना टर्कीस सैनिक मारिए, १३ जना घाइते

३ बैशाख

काठामाडौँ । उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा ९ जना सैनिक मारिएका छन् भने १३ जना घाइते भएका छन् ।

आज बिहान भएको एक झडपमा परी टर्कीस् सैनिक मारिएका बताइएको छ । सो क्षेत्रमा स्थानीय विद्रोही र टर्कीस् सैनिकबीच भीडन्त भएको थियो । झडपको विस्तृत समाचार भने आएको छैन ।

टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिअनुसार टर्कीस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ले सिरियाको आफ्रिनमा सुरु गरेको कारबाहीको क्रममा ज्यान गुमाउने सैनिकको संख्या ५० पुगेको छ ।

सो क्षेत्रमा केही दिनदेखि टर्कीको सेनाले हवाई कारबाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ । सिरियमा गत शनिबार अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायती सेनाले पनि आक्रमण गरेको थियो ।

आक्रमण कतै लक्षित नभई सिरियाली सैनिकले भण्डारण गरेको भनिएको रासायनिक हतियारको भण्डारणस्थलमा केन्द्रित भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]