Dabali News

२०७५ साललाई सुरक्षित मातृत्व अभियान वर्ष घोषणा

३ बैशाख

काठमाडौ । २०७५ साल र आगामी वर्षलाई सुरक्षित मातृत्व विशेष अभियान वर्षका रुपमा मनाउने घोषणा भएको छ ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पाँचौँ सुरक्षित मातृत्व दिवस २०७५ को अवसरमा अभियान शुरु भएको घोषणा गरेकी हुन् ।

महाराजगञ्ज शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा उनले यो वर्ष र आगामी वर्षका लागि सुरक्षित मातृत्व विशेष अभियानका साथ देशभर ४ चरणमा अघि बढाउने नीति तथा कार्यक्रम अघि सारेको बताईन् ।

सो अभियानअन्तर्गत पहिलो चरणमा वैशाखदेखि असारसम्म देशभरका सबै अस्पतालबाट पाठेघरको मुख, स्तन क्यान्सर परीक्षण गरिने छ । फिस्टुल र क्यान्सर भए नभएको निःशुल्क परीक्षण गरिने छ ।

साउनदेखि असोजसम्म सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोषको स्थापना गर्ने लक्ष्य लिइएको राज्यमन्त्री अर्यालले बताईन् । उनले भनिन्,“एक पालिका एक सुरक्षित मातृत्व कोष अभियान देशव्यापी बनाइनेछ, यो कोष आकस्मिक प्रसूति सेवामा उपयोग र प्रयोग गरिने छ ।”

अभियानको तेस्रो चरण कात्तिकदेखि पुससम्म सुरक्षित मातृत्वसम्बन्धी किशोर-किशोरी अवस्थादेखि नै जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी रुपमा निबन्ध र वक्तृत्वकला सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ भने चौथो चरण पुसदेखि फागुनसम्म सार्वजनिक विद्यालयमा अध्ययनरत किशोरी छात्रालाई महिनावारी हुँदा सरसफाइ चेतना अभिवृद्धिका लागि राष्ट्रव्यापी रुपमा स्यानेटरी प्याड वितरण गरिने बताएकी छिन् ।

अभियानलाई शिक्षासँगै किशोरी तथा महिलाको क्षमता अभिवृद्धिसँग जोडेर काम गर्ने र सो अवसारमा शिक्षण अस्पताल महराजगञ्जमा सुत्केरी भएका ५जनालाई सम्मान पनि गरिन् । सुत्केरी आमा अनित श्रेष्ठ, कौशिला दनुवार, विमला थापा, कल्पना न्यौपाने र जानकी पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]