Dabali News

मुस्ताफाले डिपिएलमा जितेको रकम दान, बाइकको रकम पाकिस्तानलाई

३ बैशाख

कैलाली । टिम चौराहाले धनगढी प्रिमियर लिग डिपिएलको उपाधि लगातार दोस्रो पटक जितेको छ ।

रोहन मुस्ताफाको प्रेरणादायी प्रदर्शनमा युएई राष्ट्रिय टिमका कप्तान मुस्ताफाले डिपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा रहेका मुस्ताफाले ७ इनिङमा १९८ रन जोडेका थिए ।

३३ को औसतमा ब्याटिङ गरेका प्रतियोगितामा सर्वाधिक स्कोर ६० रन थियो । बलिङतर्फ बढी विकेट लिने खेलाडीमा छैठौं स्थानमा रहेका उनले ६ इनिङमा ९ विकेट लिएका थिए । यही प्रदर्शनको आधारमा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

सर्वोत्कृष्ट खेलाडी बापत उनी २ सय सिसीको पल्सर एनएस मोटरबाइक पाए । डिपिएलको उपाधि जिते लगत्तै उनी युएईतर्फ उडेका थिए । किनकि उनको घरेलु टिम सारजाहले युएई क्रिकेट लिग मेन्स् टी-२० को फाइनलमा प्रतिस्पर्धा गर्दै थियो ।

हतारहतार युएई पुगेकै दिन उनी दुबईविरुद्ध फाइनलमा उत्रिए । खेलमा उनले १ विकेट लिनुका साथै ४२ रन जोडे । उनको टिम सारजाहले ८ विकेटले दुबईलाई हराउँदै उपाधि जित्न सफल भयो ।

यसरी मुस्ताफाले २ दिनको अन्तरमा २ फरक देशमा २ टी-२० प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् । २ देशमा उपाधि उचालेपछि युएईको पत्रिका द नेसनलले मुस्ताफाको सफलताबारे समाचार छापेको थियो । त्यसपछि द नेसनलले समाचार ट्विट गर्दै नेपालमा जितेको बाइकबारे प्रश्न गरेको थियो ।

जवाफमा उनले नेपालमा जितेको नगद पुरस्कार उतै दान गरेको र बाइकको रकम पाकिस्तानमा दान गर्ने जवाफ फर्काए । उनले भने,’मैले म्यान अफ दि म्याचमा जितेको रकम उतै दान गरेको छु । अब बाइकलाई बेचेर आएको रकम मेरो बुबाको नाममा पाकिस्तानमा दान गर्नेछु । किनकि मेरो बुबाले मलाई क्रिकेटमा लगाएकाले म अहिले यहाँ छु ।’

उनले पाएको २ सय सिसीको पल्सर एनएस मोटरबाइकको मूल्य करसहित २ लाख ९५ हजार ९ सय रुपैयाँ पर्छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]