Dabali News

विकको हत्यामा संलग्न तामाङलाई धापासीमा पक्राउ

३ बैशाख

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति ९ः३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई आज बिहान धापासीबाट पक्राउ गरेको हो ।

मृतक विकलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर शव परीक्षण गरिएको छ । पत्रकार सम्मेलन गरी ज्यान मारेर फरार रहेका तामाङलाई हुलियाका आधारमा पक्राउ गरिएको बताइएको छ ।

प्रहरीका अनुसार केटा र केटी दुवै मिस्त्री काम गरी सँगै बस्ने गरेकामा केटी अरु केटासँग लागेको र सम्झाउन खोज्दा पनि नमानेकाले निज तामाङले हत्या गरेको अनुसन्धानमा खुलेको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]