Dabali News

ध्वस्त अछाम दरबार पुनः निर्माणमा ढिलाई

३ बैशाख

काठमाडौँ । माओवादी द्वन्द्वका बेला ध्वस्त भएको अछाम दरबार पुनः निर्माणमा ढिलाई भएको छ ।

विसं २०५८ सालमा माओवादीले आगजनी गरी क्षती पुगेको दरबार पुनः निर्माणको काम २०६५ मा शुरु भएको हो । ठेकेदारको ढिलासुस्ती र अनेक कारणबाट निर्माण कार्य ७ वर्षसम्म अवरुद्ध भएको छ । गत भदौमा पुनः शुरु भएको निर्माण कार्य फेरि रोकिएको छ ।

“अछाम दरबारसँग हाम्रो पुर्खाको इतिहास जोडिएको छ । स्थानीय दिनेशकुमार स्वाँरले भने,“दरबार बनाउँछौँ भनेर पटकपटक अल्मलाएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै निर्माण कार्यमा भइरहेको ढिलाइका विरुद्ध उत्रने छौँ ।” दरबार निर्माणमा भइरहेको ढिलाइमा जिल्लाका सबै सरोकारवाला संलग्न भएकाले कसैले पनि यसका बारेमा बोल्न नचाहेको उनको आरोप छ ।

भदौमा सञ्चालन भएको काम किन रोकियो भन्नेबारे कुनै जानकारी नभएको जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले बताए । “भदौमा दरबार निर्माणका लागि आवश्यक पर्ने काठ जता पाइन्छ त्यहीबाट ल्याउन प्रशासनले सहज गराएर काम सञ्चालन भएको हो, उनले भने, “अनेक बहाना बनाएर ठेकेदारले नै लापरवाही गरेको छ ।”

अछाम क्षेत्र नं २ का जनप्रतिनिधिले उम्मेदवार हुँदा दरबार पुनः निर्माण द्रुत गतिमा लैजाने चुनावी एजेण्डा बनाए तापनि हालसम्म कसैले चासो नदिएको आरोप लगाए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]