
३ बैशाख
चितवन । राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ६ वटा गिद्ध प्रकृतिमा छाड्न लगिएको छ ।
नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा गिद्धका बच्चा हुर्किएका हुन् ।
गतवर्ष कोरलिएका ४ वटा बच्चा र एक जोडी माउ गिद्ध जटायु रेष्टुरेण्ट पठाइएको थियो । यसअघि गत वर्ष प्रजनन केन्द्रमा हुर्काइएका छ वटा गिद्ध जटायु रेष्टुरेण्टमा राखिएको थियो । खोरमा राखिएका ती गिद्ध केही महिनाअघि प्रकृतिमा खुल्ला छाडिएका छन् ।
६ वटा गिद्ध पनि सोही खोरमा राखिएको छ । केही महिनापछि ती गिद्धलाई पनि प्रकृतिमा छाडिने बताइएको छ । हाल प्रजनन केन्द्रमा ५७ वटा गिद्ध छन् ।
यसअनुसार गतवर्ष कोरलिएका ४ र यस वर्षका ६ वटा बच्चा रहेका छन् । अरु भने माउ गिद्ध हुन् । प्रजनन केन्द्र हेर्दै आएका राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी डाक्टर विकल्प कार्कीका अनुसार २१ वटा अण्डा पारेको भए पनि ६ वटा बच्चामात्रै कोरलिएका छन् । नयाँ जोडीले अण्डा पारेका र ४ वटा भुइँमा पारेकाले सबै अण्डा कोरलिन नसकेको बताईन् ।
प्रजनन केन्द्रमा डाइक्लोफिनरहित राँगाको मासु गिद्धलाई खुवाइँदै आएको छ । एक साताभन्दा बढी समय स्वास्थ्य अवस्था हेरेपछि मात्रै काटेर गिद्धलाई खुवाउने गरिएको छ ।