Dabali News

२९ औं जनआन्दोलन दिवसमा प्रभातफेरी

२६ चैत

काठमाडौं । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सम्झनामा आज काठमाडौंमा प्रभातफेरी निकालिएको छ ।

२९ औं जनआन्दोलन दिवसमा वीर गणेशमान सिंह फाउण्डेसनले आयोजना गरेको प्रभातफेरी वसन्तपुरबाट न्यूरोड, वीर हस्पिटल, रत्नपार्क, दरबारमार्ग, पुरानो बसपार्क, भद्रकाली, सहिदगेट हुँदै पुनः वसन्तपुरमा पुगेर समापन भएको होे ।

प्रभातफेरीमा गणेशमान सिंहका पुत्र तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेता नविन्द्रराज जोशीलगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमानसिंहको योगदानको चर्चा गरे ।

उनीहरुले गणेशमान सिंहले लिएको विचार अहिले पनि सान्दर्भिक भएको भन्दै उनको बिचार सबै राजनीतिक दलका लागि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]