Dabali News

१ खर्ब ३२ अर्ब भ्याट गुम्यो : महालेखा

३ बैशाख

काठमाडौँ । मूल्य अभिवृद्धि कर लागू भएको २१ वर्ष पुरा भए पनि भ्याट कार्यान्वनयनको अवस्थामा सुधार भएको छैन ।

महालेखा परीक्षकको प्रतिवेदनमा समभावना भएर पनि १ खर्ब ३२ अर्ब सम्भाब्य भ्याट असुली हुन नसकेको उल्लेख गरिएको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १८ मा करदाताले प्रत्येक महिना आफूले बुझाउनु पर्ने कर रकम स्वयं निर्धारण गरी सो महिना समाप्त भएको २५ दिनभित्र विवरण बुझाउनु पर्ने व्यवस्था छ । वार्षिक प्रतिवेदन अनुसार २०७४ असार मसान्तको मूल्य अभिवृद्धि कर कार्यान्वयनको अवस्था सन्तोषजनक छैन ।

आथिर्क वर्ष २०७३–७४ मा विवरण पेस गर्नेमध्ये ५१.१४ प्रतिशतले सरकारबाट लिनुपर्ने (क्रेडिट) विवरण बुझाएका थिए । ३५.६१ प्रतिशतले शून्य (कारोबार नगरेको) र १३.२५ प्रतिशतले मात्र सरकारलाई बुझाउनु पर्ने (डेबिट) विवरण बुझाए ।

भ्याटमा दर्ता भएर पनि विवरण नै पेस नगर्नेको संख्या ३० प्रतिशत देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । ठूलो संख्यामा सरकारसँग फिर्ता लिनुपर्ने गरी विवरण पेश भएको छ ।

कारोबार नै नभएको विवरण बुझाउने र विवरण नै नबुझाउने अवस्थाले मूल्य अभिवृद्धि कर कार्यान्वयन प्रभावकारी नभएको ठहर छ । ‘मूल्य अभिवृद्धि करको कार्यान्वयनमा प्रभावकारिता ल्याउन अनुगमनमा तीव्रता र समग्र राजस्व प्रशासनको सक्रियता जरुरी देखिन्छ,’ प्रतिवेदनमा भनेको छ ।

क्रियाककलाप समेटिएको अवस्थामा अन्तर रकम अझै बढ्ने देखिन्छ । प्राप्त हुनुपर्ने सम्भाव्य मूल्य अभिवृद्धि कर १ खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ असुली नभएको अवस्था छ ।’ महालेखाका अनुसार मूल्य अभिवृद्धि कर अन्तरका सम्बन्धमा थप अध्ययन गरी नीतिगत, कानुनी एवं कार्यान्वयन पक्षमा सुधार गरेर रकम न्यूनीकरण गर्न आवश्यक कदम चाल्नु जरुरी छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]