Dabali News

आगलागीबाट २ घर जलेर नष्ट, पीडित परिवार छिमेकीको शरणमा

३ बैशाख

काठमाडौँ । उदयपुरमा आगलागीबाट दुई घर जलेर नष्ट भएको छ ।

जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा भएको आगलागीमा स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली जलेर नष्ट भएको हो ।

यसअघि उदयपुरमा २ दर्जन भन्दा बढी घर आगालागीबाट खरानी भएका थिए । साँझ करिब ५ः०० बजेको समयमा हस्तबहादुरको भान्छा घरबाट सल्केको आगोले घर र घरभित्र रहेका सबै अन्नपात र सामग्री जलेर नष्ट भएको छ ।

घरसँगै टाँसिएर रहेका वस्तुभाउ बाँध्ने गोठसमेत जलेको र सोही घरबाट सल्किएको आगोले छिमेकी मानध्जवको पनि घर र गोठ जलेको हो । दुवै घरमा काठ र भुसको छानो भएकाले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र कागजात जलेर करीब ५ लाख बराबरको क्षति भएको बताइएको प्रहरीले जनाएको छ ।

गाउँपालिकासँग दमकल नभएको तथा अन्यत्रबाट ल्याउन सडक नपुगेका कारण आगो निभाउन गाउँलेहरुलाई हम्मे परेको थियो । भेला भएका स्थानीय र उदयपुरगढीबाट गएको प्रहरी टोलीको संयुक्त प्रयासमा साढे ४ः०० घण्टापछि राती ८ बजेतिर आगो नियन्त्रणमा लिएको बताइएको छ ।

आगलागीका कारण मानवीय र चौपाया क्षति हुन पाएन घर गोठ जलेपछि दुवै पीडित परिवार छिमेकीको शरणमा बसेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]