Dabali News

पानीको हाहाकार, नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने कार्य सातामा २-३ पटक मात्र

३ बैशाख

महोत्तरी । जिल्लाको उत्तरवर्ती क्षेत्रमा एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ ।

अत्यधिक गर्मीसँगै उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानी तथा वस्तुभाउलाई खुवाउने पानीको हाहाकार भएको हो ।

ढुंगा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर तल गैसकेको र विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार सुकिसकेको छ भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको गौशालाका हजारी साहले बताए ।

सयौँ इनारसँगै सुक्दा त्यस क्षेत्रमा खानेपानीको विकराल समस्या उत्पन्न भएको र बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निक्कै समय लाग्ने छ । अधिकांश गाउँमा पानीको हाहाकार मचेपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एक जना सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाविस नदी, खोलामा धाउनु परेको शंकर महतोले बताए ।

पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छन् भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा २-३ पटक मात्रै गर्ने गरेको खयरमाराका देवेन्द्र यादवले बताए ।

दर्जन भन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएपछि स्थानीयवासी चिन्तित छन् सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन उनीहरुको माग छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]