Dabali News

तस्करहरुको यातनाले हत्या, हत्यामा संलग्न १७ जना पक्राउ, २१ जना फरार, ३८ जनाको सम्पत्ती रोक्का

३ बैशाख

काठमाडौँ । ३३ केजी सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आंशकामा केही सुन व्यपारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन् ।

उनकोे हत्या आंशकामा तानिएकाहरुको सबै जनाको सम्पत्ती रोक्का गरी अनुसन्धान थालिएको छ । अनुसन्धान गर्न प्रहरीले हालसम्म १७ जनालाई हिरासतमा लिएको छ । अनुसन्धानमा तानिएका २१ जना भने अझैसम्म फरार रहेका छन् ।

सुनकाण्डमा शाक्यको हत्या पश्चात घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा टोली गठन गरिएको थियो । टोली पूर्वी नेपाल आएपछि ३८ जनाको सम्पती रोक्का गरी अनुसन्धान थालेको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

उर्लाबारी मोरङ घर भएका शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोबार रोक्का गर्न अदालतसँग अनुमति मागेको थियोे ।

अदालतले सोही दिन नै बैंक खाता, जग्गालगायत सबै सम्पती रोक्का गर्न अनुमति दिएको थियो । मोरङबाट पक्राउ परेका १७ जनाविरुद्ध अनुसन्धानका लागि म्याद थप गरिएको छ । त्यसबाहेकका अन्य २१ जनामाथि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रहरीको फरार सूचीमा रहेका ३३ किलो सुन आयात र सनन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ पनि रहेका छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचीमा परेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका १७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाएको छ भने अन्य २१ जनाविरुद्ध सोही मुद्दामा खोजी भइरहेको बताइएको छ ।

धरानबाट ‘चाचाजी’ महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा रे मदनप्रसाद घिमिरे छन् । जिल्ला अदालत मोरङबाट उनीहरुमध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागू हुने गरी १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

सनमको हत्या आंशकामा खोजी सूचीमा रहेका चुडामणि उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोबार रोक्न अदालतले अनुमति दिएको हो । सबै जना धरान, इटहरी, विराटनगर र झापा निवासी रहेका छन् ।

तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि तस्करहरुले खोजीका लागि यातना दिने क्रममा भरिया सनम शाक्यको मृत्यु भएको बताइन्छ । १९ फागुनमा सनमकोे शव राखिएको स्कारपियो गाडी विराटनगर-३ मा फेला परेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]