Dabali News

आईपीएलमा पन्जाबले चेन्नाईलाई ४ रन हरायो

३ बैशाख

इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पन्जाबले चेन्नाई सुपर किंग्सलाई ४ रनले हराएको छ ।

कप्तान महेन्द्र सिंह धोनीले शानदार ७९ रनको योगदान दिए पनि चेन्नाइले हार्न पुग्यो । आईपीएलमा पन्जाबले चेन्नाईलाई आफ्नै घरमा हारको स्वाद पहिलो पटक चखाएको छ । यसअघिका दुवै म्याच चेन्नाइले जितेको थियो ।

मोहालीमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले ७ विकेट गुमाएर निर्धारित २० ओभरमा १९७ रन बनाएको थियो । १९८ रनको विजय लक्ष्य पछ्याएको चेन्नाइले ५ विकेटको क्षतिमा १९३ रन बनायो ।

चेन्नाईका लागि ओपनर शेन वाटसन र मुरली विजय क्रमशः ११ र १२ रनमा आउट भए । धोनीले नटआउट ७९, अम्बाती रायडुले ४९ र रविन्द्र जडेजाले १९ रन बनाएका थिए ।

बलिङतर्फ एन्डर्यु टाइले २ तथा मोहित शर्मा र रविचन्द्रन आश्विनले १-१ विकेट लिए । पन्जाबका लागि क्रिस गेलले ३३ बलमा ६३ रन बनाए । उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए । लोकेश राहुलले ३७, मयंक अग्रवालले ३०, करुण नयरले २९, युवराज सिंहले २० र रविचन्द्रन आश्विनले १४ रन बनाएका थिए । बलिङतर्फ इमरान ताहिर र शार्दुल ठाकुरले २-२ विकेट लिएका थिए ।

आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १९ रनले हराएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]