Dabali News

कालिकोटमा नेकपाको प्रदर्शन, प्रतिबन्ध फिर्ता नलिए जनप्रतिनिधिलाई गाउँ निकालाको चेतावनी

२५ चैत्र

कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा प्रदर्शन गरेको छ । कालिकोट जिल्लाको पलाता गाउँपालिकाको खिना नेटामा नेकपाले जनप्रदशन सहित जनसभा सम्पन्न गरेको हो ।

उक्त जनसभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदीप ऐडीले सरकारले आफ्नो पार्टीमाथी लगाएको पतिबन्धा तत्काल फिर्ता नगरे जनप्रतिनिधिलाई गाउँबाट लखेट्ने चेतावनी दिएका छन् ।

सरकारको प्रतिबन्धको कुनै प्रवाह नगरि आफुहरु निरन्तर देश र जनाताको लागी राजनितिक गातिबिधी सञ्चालन गरिरहेको जानकारी दिदै उनले भने,”हामी हाम्रा नियमित कार्यक्रममा जुटिरहेकाछौं । सरकारले अनाश्यक हस्तक्षेप गर्न खोज्छ भने हामिले पनि त्यसको जवाफ दिनेछौं ।”

सुरक्षा निकायलाई सरकारको आदेशभन्दा माथी उठेर राष्ट्र र जनाताको हितमा काम गर्न आग्रह गर्दै उनले अगाडि थपे, “स्थानिय तहमा हाम्रा बिरुद्ध सुराकी हुने अवस्था आयो भने कठित जनप्रतिनिधिलाई गाउँबाट निकाला गरिनेछ ।”

कालिकोटलाई नेकपाको पकड रहेको जिल्लाका रुपमा लिने गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]