Dabali News

सिरियामाथि थप क्षेप्यास्त्र हमला भए विश्‍वयुद्धः पुटिन 

३ बैशाख

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले सिरियामा थप क्षेप्यास्त्र हमला गरे अाफू हेरेर नबस्ने चेतावनी दिएका छन् ।

इरानी राष्ट्रपति हशन रुहानीसँग भएको टेलिफोन कुराकानीका क्रममा पुटिनले थप हमला भए अन्तर्राष्ट्रिय स्तरमा अस्तव्यस्तता निम्त्याउने र त्यसले विश्वयुद्धको रुप लिन सक्ने बताए । सिरियामाथि अमेरिकी नेतृत्वमा भएको हमलाले राजनीतिक निकासको सम्भावनालाई क्षीण पारेको  दुबै राष्ट्रपतिले निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

पुटिनले डुमामा भएको भनिएको रासायनिक हमला नियोजित रूपमा कसैले गराएको र त्यसलाई आक्रमण गर्ने बहानाका रूपमा प्रयोग गरिएको समेत बताए ।

यसैबीच सिरियाका राष्ट्रपति बसर अल-असदले अमेरिकी हमलाहरुले उनहरुविरुद्ध लड्न पहिलेको भन्दा थप प्रतिबद्ध बनाएको बताएका थिए। पश्चिमा देशहरुले विश्वसनीयता गुमाएको पनि असदले आरोप लगाए

रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन (ओपीसीडब्ल्यू)का अनुगमनकर्ताहरुको एउटा टोली रासायनिक हमला भएको भनिएको सिरियाको डुमा नगरतर्फ छानबिनका लागि जाने ठानिएको छ।

सिरियामा रहेका रासायनिक अस्त्रहरूको भण्डारण केन्द्रमाथि संयुक्त राज्य अमेरिका, फ्रान्स तथा ब्रिटेनले संयुक्त क्षेप्यास्त्र हमला गरेको भोलिपल्टै त्यो टोली डुमातर्फ लाग्दैछ।

अमेरिका, बेलायत र फ्रान्स सिरियाबाट सेना फिर्ता नगर्ने सहमत भएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]