Dabali News

अपराधले सीमा नाग्‍यो, गर्भ रहेपछि प्रेमीले भिरबाट खसालेर गीताको हत्या

३ वैैशाख

सुर्खेत । नेपाली समाजमा पनि पछिल्लो समय अपराधिक गतिविधि बढेका छन् । विशेषगरी यौन सम्बन्धकै कारण महिलाहरुलाई हत्या गर्ने हुन थालेका छन् । राजधानीको टोखामा एक युवतीको हत्या भएको घटना सार्वजनिक भएकै बेला खुर्खेतमा पनि त्यस्तै घटना घटेको छ ।

सल्यानका गोपाल शर्माले यौन सम्पर्क गर्न नदिएको भन्दै टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा रियाना अधिकारीको घाटी थिचेर हत्या गरेका थिए । उनलाई भारत भाग्दै गर्दा महेन्द्रनग गड्‍डाचौकीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यता सुर्खेतको पञ्चपूरी–२, सालकोटकी २१ वर्षीय गिता चपागाँईको बराहताल गाउँपालिकाका कुनाथरीका १९ वर्षका सुवास बोहोराले हत्या गरेका हुन् । उनले गितालाई भिरमा खसालेर हत्या गरेको प्रहरीले बताएको छ । लामो समयदेखि प्रेमी-प्रेमीकाको रुपमा रहेका उनीहरुबीच शारीरिक सम्पर्कबाट गिताको पेटमा गर्भ रहेपछि विवाद सुरु भएको बताइएको छ ।

गिताले गर्भ रहेको कारण विवाह गर्नुपर्ने भनेपछि सुवासले मानेका थिएनन् । यही विषयमा छलफल गर्न सुवासले गीतालाई जामुने जंगलमा बोलाए । विवाहकै विषयमा विवादपछि भिरबाट खसाले गिताको हत्या गरिएको प्रहरीले बताएको छ ।

यो घटना गत पुस ४ गते रातिको हो । गिता घरबाट हराएकी थिइन् । सुवासले गीतालाई राति ११ बजे जामुने जंगलमा हत्या गरी खोल्सामा फालेर फरार भएका थिए । उनी हाल काभ्रेमा मजदूर गर्दै अाएका थिए । लामो समयदेखि परिवारले गीताको खोजी कार्य गरेपनि भेटाएका थिएनन् ।

माघ ९ गते घटना भएकै ठाउँ पञ्चपूरी नगरपालिका–८, जामुने जंगलमा टाउकोको (कंमकाल) भटिएको थियो । प्रहरीले कंकाल गिताको हुन सक्ने आशंकामा डिएनए परीक्षणको गराएको थियो । घटना भएको ठाउँ जामुने जंगलमा प्रहरीले गिताले लगाएको कपडा, चप्पल, काँठा र कपाल पनि फेला पारेको थियो ।

गीता र सुवासबीच २०७२ वैशाख २८ गते पहिलो पटक फोनमा कुराकानी भएको थियो । गिताको साथी मार्फत उनीहरु फोन सम्पर्क गर्न सफल भएका थिए । त्यस पछि गिता र सुवासको निरन्तर फोनमा कुरा भइरह्यो ।

उनीहरुबीच प्रत्यक्ष भेट भने गएको असार ६ गते भएको थियो । प्रहरीको अनुसन्धानमा घटना घट्नुअघि गिता र सुवासबीच पटक–पटक भेट भएको थियो । भेटघाट बाक्लिँदै गएपछि उनीहरुबीच शारिरीक सम्बन्ध राख्ने कुराकानी भयो । उनीहरुबीच योन सम्पर्क पनि भयो ।

यौन सम्पर्क भएपछि गिताको गर्भ रह्यो । गिताले गर्भ रहेको कुरा सुवासलाई भनिन् । त्यसपछि उनले विवाह गर्न सुवासलाई दवाव दिन थालिन । गर्भ रहेको थाहा पाएपछि सुवासले विवाह नगरी हत्या गर्ने योजना बनाए । त्यही योजनाका अनुसार सुवासले पुस ४ गते साँझ सालकोट वरिपरी भेट्न दवाव दिए ।

अन्तत सुवासको योजना अनुसार नै गिता सालकोट पुगिन । गएको पुस ४ गते उनीहरुको सालकोटमा भेट भयो र विवाहको विषयमा कुराकानी भयो । सुवासलाई गिताले विवाह गर्न दवाव दिइन् । सुवासले उनीलाई विवाह गर्ने आश्वासन दिए । त्यपछि उनीहरु जामुने जंगल हुँदै बावियाचौर गए ।

प्रहरीका अनुसार सुवासले गितालाई जामुने जंगलकै भिरबाट धकेले र आफूले त्यहाँबाट हिँडे । प्रहरीका अनुसार सुवासले राति करिब ११ बजे भिरबाट गितालाई धकेलिदिएपछि गिता खोल्सामा रहेको ढुङ्गामा ठोक्किन पुगिन । उनको त्यही ज्यान गएको प्रहरीले बताएको छ । उनी त्यसै रात घर पुगे ।

भोलिपल्टै आफू सुरक्षित रहनका लागि उनी वीरेन्द्रनगर हान्नीए । वीरेन्द्रनगरबाट सुवास काठमाडौँ लागे । त्यस पछि उनी काभ्रेपलाञ्चोकमा मजदूरी गरेर बसेका थिए ।

प्रहरीले गिता हराएको दिनको २४ घण्टा समयमा कुनकुन नम्बरमा कुरा भएको छ भनेर अनुसन्धान गर्‍यो । फोन डिटेलको आधारमा सुवासलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सुवासले गिताको हत्या गरेपछि गिताको मोबाइलको सीम र आफ्नो मोबाइलको सीम त्यही फालेका थिए ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]