Dabali News

प्रचण्डले ओलीसँगको वार्ता बहिस्कार गरे, बालुवाटार जान छोडेर सुकुटेतिर 

२ वैशाख

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्षसँग वार्ता बहिस्कार गरेका छन् । अाइतबार साँझ बालुवाटार हुने भनिएको वार्तामा जान छोडेर प्रचण्ड सुकुटे पुगेका छन् ।

राजधानी बाहिरका कार्यक्रम सकेर प्रधानमन्त्री ओली अाझै काठमाडौं फर्केका थिए । बालुवाटार अाउन नसकिने सन्देश पठाएर प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पार्टीका नेता सांसद अग्‍नि सापकोटासहित अाइतबार साँझ सुकेट पुगेका हुन् । केही दिन सुकुटेमै बस्ने बताइएको छ ।

यही बैशाख ९ गते पार्टी एकता हुने भनिएपनि एकताको लागि अवरोध भएका विषयबारे कुनै छलफल भएको छैन । प्रस्तावना खासगरी जनयुद्ध शब्द लेख्ने, संगठनमा बाराबरी, चुनाव चिन्हलगायतका विषयमा कुरा मिलेको छैन ।

यसअघि एकता संयोजन समितिको बैठकमा पनि बिरामी भएको भन्दै प्रचण्ड अनुपस्थित भएका कारण बैठक बस्न सकेको थिएन ।

एमाले र माकेका दोस्रो तहका नेताहरुका अनुसार अाइतबार साँझ हुने भनिएको वार्ता पार्टी एकताको लागि निर्णयक हुने बताउँदै अाएका थिए ।  अाझै विहानै पार्टीको युवा संगठन वाइसिएलले अपमान हुने गरी पार्टी एकता नगर्न सुझाव दिएको थियो । वाइसिएलका पदाधिकारीहरुले प्रचण्ड सम्मानजनक एकताको लागि पहल गर्न दवाव दिँदै अाएका छन् ।

  • फाइल फोटो
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]