Dabali News

नारायणहिटी सङ्ग्रहालयमा ९ वर्षमा २३ करोड राजश्व संकलन

२ बैशाख

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको ९ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरेका छन् ।

विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको हो ।

नेपाली विद्यार्थी ११ लाख ४५ हजार ५१०, नेपाली सर्वसाधारण १३ लाख ६५ हजार ९१, चीनसहित सार्क मुलुकका १ लाख ५५ हजार ५७६ र अन्य मुलुकबाट ६५ हजार ३०८ जनालेअवलोकन गरेका छन् ।
यसबाट २३ करोड २४ लाख ५१ हजार ५०५ राजश्व संकलन भएको छ ।

सङ्ग्रहालयले मोटरसाइकल पार्किङका लागि १०, कार र जिपका लागि २५ र माइक्रो, भ्यान, मिनीबस र बसका लागि ५० दस्तुर लिदै आएको छ ।

मंगलबार र बुधबारबाहेक ५ दिन सर्वसाधारणका लागि खुला गरिने सङ्ग्रहालय दिनको ११ देखि ३ बजेसम्म अवलोकन गर्न पाइने व्यवस्था छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]