Dabali News

मनकामना मन्दिर वरिपरि लुट, व्यवसायीले ग्राहक तानातान

२ बैशाख

काठमाडौँ । आस्था र दर्शनका लागि लाखौँ मानिस ओइरो लाग्ने मनकमना मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाइएको छ ।

गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा भक्तजनको गुनासो हो । सँधियारहरुले मन्दिरको जग्गासमेत मिचेका छन् ।

मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि विसं २०५३ मा सो क्षेत्र विकास समिति गठन भयो । समितिले मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन गरेका प्रयास सफल हुन नसकेको कार्यकारी निर्देशक गिरिधारी सापकोटाले बताए ।

“सरकारअन्तर्गतको समिति भन्दा व्यापारी बलिया भएकाले, समितिभन्दा पुजारी बलिया छन्, मन्दिरको भेटी पारदर्शी हुन सकेको छैन । मन्दिर जीर्णोद्धारका लागि विसं २०६८ मा गठन भएको समितिले स्थानीयवासीको सहयोग नपाउँदा अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन, मन्दिर जीर्णोद्धार अलपत्र छ” उनले भने ।

मन्दिर प्रवेश गर्दा लाग्छ यो कुनै देवस्थल भन्दा पनि व्यापारिक केन्द्र हो । मन्दिरको जग्गासमेत कब्जा गरेर स्थानीयवासीले होटल एवं पसल चलाएका छन् । मन्दिर वरपर भवन निर्माण भएका छन् । पुरातात्विक, धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण मन्दिर रहेको स्थान वरपर मापदण्ड विपरीत घर बनेका छन् ।

मन्दिर व्यवस्थित बनाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदालत र सम्बद्ध मन्त्रालयका पदाधिकारी पुग्दा पनि केही हुन नसकेको कार्यकारी निर्देशक सापकोटाले बताए ।
मन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईले केही गर्न खोजे पनि सरुवा भएकाले काम हुन नसकेको बताए ।

मनकामना क्षेत्र वरपर धेरै होटल एवं लज खुलेका छन् । मन्दिर क्षेत्रमा आउने भक्तजनलाई सेवा पु¥याउने उद्देश्यले खुलेका अधिकांश होटल दर्ता भएका छैनन् । व्यवसायीले स्थायी लेखा प्यान नं.समेत लिएका छैनन् । राज्यलाई करसमेत नतिरी व्यवसायीले आफूखुशी गरेको भक्तजनको गुनासो छ ।

कुरिनटारबाट केबुलकारमा पुगेका यात्रु झरेर मन्दिरतर्फ उकालो लाग्ने बेलामा व्यवसायीले पूजापछि भुजा खान आउनुस् १० मा भनेर दर्शनार्थीलाई बोलाउ छन् । सिँढीको दायाँबायाँ बस्ने होटलका कामदार ग्राहक तान्न तँछाड मछाड गरिरहेको भेटिन्छ । ‘मनकामना मन्दिरसमेत आउने तस्वीर ५ मिनेटमा १०० मात्र’ फोटो स्टुडियो चलाएका व्यवसायीको आवाज सुनिन्छ ।

नेपाल उद्योग वाणिज्य संघ मनकामना एकाइका सचिव हरिकुमार श्रेष्ठ व्यवसायीले ग्राहक तानातान गर्ने गरेको स्वीकार छन् । “संघका तर्फबाट तानातान रोक्न, मूल्यसूची राख्न, सम्बन्धित सरकारी निकायमा दर्ता भई स्थायी लेखा नं.लिएर व्यापार गर्न व्यवसायीलाई पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगत २ वर्षदेखि केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरे पनि व्यवसायीको दबाबका कारण सफल हुन सकेको छैन् । काठमाडौँको चन्द्रागिरीमा केबुलकार सञ्चालन हुने भएपछि सरकारले केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरेको थियो ।

चन्द्रागिरिको केबुलकारको भाडा पनि महँगो भएको यात्रुको गुनासो छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा निर्देशिका ल्याउने तयारी गरेका बेला केबुलकारको अनुमति दिने अधिकार स्थानीय तहलाई दिएकाले रोकिएको बताए ।

प्रशासनले अनुगमन गरेका बेला व्यवसायी सुध्रने र फर्केपछि मनपरी गर्ने गरेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]