२ बैशाख
काठमाडौँ । विकास र समृद्धिको यात्रा कर्णालीबाट शुरु भएको घोषणा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले कर्णालीलाई समृद्धिको यात्रामा डोर्याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताएका छन् । उनले भने,“अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न ।”
प्रधानमन्त्रीले विकासका दृष्टिले पछाडि परेको प्रदेशलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाटै गरेको स्पष्ट गर्दै कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग सीमा जोड्नु पर्ने बताए ।