Dabali News

नगरपालिकालाई फोहरबाट आम्दानी

२ बैशाख

काठमाडौँ । फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले फोहरमैला बिक्रीबाट आम्दानी लिएको छ ।

नगरपालिकाले फोहोरमैला संकलन गर्न थालेको ४ वर्षको अवधिमा १७ लाख ३५ हजार २१८ बिक्रीबाट आम्दानी गरेको हो ।

आर्थिक वर्ष २०७१-७२ मा एक लाख ७९ हजार, २०७२-७३ मा ३ लाख ४९ हजार ९९०, आर्थिक वर्ष २०७३-७४ मा ७ लाख २४ हजार ८१५ र चालू आर्थिक वर्षको हालसम्म ४ लाख ८१ हजार ४१३ फोहरमैला बिक्रीबाट आम्दानी गरेको दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीले बताए ।

नगरपालिका र स्थानीय दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाबीच फोहरमैला व्यवस्थापनको ४ खम्बे अवधारणा अनुसार २०७१ असोजमा सम्झौता भई फोहर संकलन गर्दै छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]