Dabali News

हैदराबाद लगातार जित्दै शीर्ष स्थानमा

२ बैशाख

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्स हैदराबादले लगातार तेस्रो पटक जित्दै शीर्ष स्थानमा रहेको छ ।

शनिबार राति सम्पन्न खेलमा हैदराबादले कोलकत्तालााई ५ विकेटले पराजित गरेको हो । घरेलु टोली कोलकत्ताले दिएको १३९ रनको लक्ष्य हैदराबादले १९ औं ओभरमा ५ विकेट गुमाएर भेट्टएको हो ।

हैदराबादको जितमा केन विलियम्सनले अर्धशतक बनाउने क्रममा सर्वाधिक ५०, सकिव अल हसनले २७ र ऋद्दिमान साहले २४ र युसुब पठानले नट आउट १७ रनको येगदान गरे ।

कोलकत्ताका सुनिल नारिनेले २ तथा मिचेल जोन्सन, पिउस चावला र कुलदिप यादवले १-१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकात्ताले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

कोलकात्ताका लाागि क्रिस लायनले ४९, दिनेश कार्तिकले २९ र नितिश रानाले १८ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

कोलकात्तालाई १३८ रनम समेटन हैदराबादका भुवनेश्वर कुमारले ३, बिल्ली स्टनलेकी र सकिव अल हसनले समान २-२ तथा सिद्दार्थ कउलले १ विकेट लिएका थिए । अहिलेसम्म खेलेका ३ वटै खेल जितेको हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]