Dabali News

मशाल बालेर देजमोको सम्मेलन उद्‍घाटन, विप्लवलाई प्रतिबन्ध लगाउनु गम्भीर भुलः वैद्य 

२४ चैत्र

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गम्भिर भूल गरेको बताएका छन् । उनले नेकपालाई प्रतिबन्ध लगाउनेहरु कम्युनिस्ट हुन नसक्ने समेत दाबी गरे ।

आईतबार काठमाडौंमा पार्टीको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै किरणले वर्तमान सरकारले देशीविदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप लगाउँदै कम्युनिष्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप समेत लगाए ।

वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको महासचिव बैद्य ले सरकारले शोषित पीडित जनताको प्रतिनिधित्व गर्न नसक्ने दावी पनि गरे ।

२९ औं जनआन्दोलन दिवसको अबसरमा पारेर मोर्चाको सम्मेलन उद्‍घाटन गरिएको हो । ठाउँठाउँमा प्रहरी अवरोधलाई छिचोल्दै देशभरबाट हजारौं नेता-कार्यकर्ता तथा समर्थक र शुभचिन्तकहरुको सहभागीता थियो ।

कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष सिपी गजुेरलले जनयुद्ध लडेर गणतन्त्र ल्याइयो अब दलाल सत्तालाई पनि फालेर जनगणतन्त्र ल्याइछाड्ने बताए । उनले देशमा हाल भइरहेको बेथिती र राजनीतिक अन्यौलताको ओली सरकारले लिनुपर्ने धारणा राखे ।

अध्यक्ष गजुरेलले एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने कुरा गलत भएको भन्दै विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फिर्ता गर्नु पर्ने धारणा राखे । उनले वर्षौं पुरानो सामन्ती राजतन्त्रलाई समेत फालेको जनताको शक्तिले अब दलाल सत्तालाईपनि पल्टाइदिने दावी गरे ।

कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टीका नेता विश्वभक्त दुलाल, पुनर्गठित माओवादी केन्द्रका संयोजक गोपाल किराँती, नेकपा मसालमा रामप्रकाश पुरी र नेकपा मालेका महासचिव सिपी मैनाली लगायत नेताहरुले पनि मन्तवय राखेका थिए ।

भृकुटी मण्डपमा कार्यक्रम हुनुअघि उपत्यकाका ७ ठाउँबाट र्याली तथा झाँकीहरु प्रदर्शन गरिएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]