Dabali News

धिमालहरुको जात्री पर्व आजदेखि शुरु

२ बैशाख

काठमाडौँ । धिमाल समुदायको मौलिक पर्व जात्री आजबाट शुरु भएको छ ।

वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व २ महिना मनाउने गर्छन् ।

नयाँ वर्षको आगमनसँगै यो पर्व शुरु हुने गर्छ । नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुन्छ ।

ग्रामथानमा हाँस, कुखुरा, सुँगुरलगायतको बलि दिएर पर्व प्रारम्भ गरिन्छ । भोगटेनीबाट शुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्छ । प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदिउन्, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् ।

परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै आएको जनविश्वास छ । सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने बताईन्छ ।

यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतले पूजा गर्न गर्छन् । यो पर्वले धिमाल जातिमा आपसी सम्बन्ध प्रगाढ हुने बन्धुत्वको भावना विकास हुने धिमाल अगुवाहरुको भनाई छ ।

असार संक्रान्तिसम्म मनाइने यो पर्व प्रदेश न १ का धिमाल बस्तीको ९८ वटै टोलमा मनाइने गरिन्छ ।
वैशाखदेखि असारसम्मका २ महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् ।

मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजना स्थलमा २ महिनापछि सांस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]